खेलकुद

स्पेजियामाथि इन्टरको सहज जित

By खबरहब

April 16, 2022

काठमाडौँ – इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले स्पेजियालाई ३-१ गोल अन्तरले हराएको छ ।

शुक्रबार राति भएको खेलमा मार्सेलो ब्रोजिभिकले इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।

७८औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाए ।

८८औं मिनेटमा गीउलियो मागोइरेले गोल गर्दै स्पेजियालाई २-१ को स्थितिमा ल्याए पनि इन्जुरी समयमा एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरलाई ३-१ को जित दिलाए ।

यस जितसँगै ३२ खेलमा ६९ अंक जोडेको इन्टर दोस्रो स्थानमा रहेको छ भने स्पेजिया ३३ अंक जोडेर १५ औं स्थानमा रहेको छ।