खेलकुद

सोसिडाड र बेटिस बराबरीमा रोकिए

By खबरहब

April 16, 2022

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड र रियल बेटिसले बराबरी खेल्दै अंक बाडेका छन्।

सोसिडाडको गृह मैदानमा शनिबार बिहान भएको खेलमा घरेलु टोली र बेटिसबीचको खेल गोलरहित बराबरीमा सकिएको हो।

दुवै टोलीमध्ये सोसिडाडले गोल गर्ने अत्याधिक अवसर गुमायो । निरन्तर गोल हान्ने बेटिसको प्रयास पनि सफल हुन सकेन। खेलको ९३औं मिनेटमा सोसिडाडका मिकेल मेरिनोले नबिल फेकिरविरुद्ध फल गरे । त्यसको १ मिनेटपश्चात अमार्यादित व्यवहार भन्दै रेफ्रीले रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई रेड कार्ड दिए । जसबाट १० खेलाडीमा झरेको सोसिडाडले रक्षात्मक शैली अपनायो । बेटिसले पनि खेल जित्ने अवसर गुमायो ।

रेड कार्ड पाएका डेभिडले आगामी शुक्रबार हुने बारसिलोनाविरुद्धको खेल गुमाउने भएका छन् । सोसिडाड ५५ अंकसहित तालिकाको छैंटौँ स्थानमा छ भने बेटिस ५७ अंकसहित पाँचौँ स्थानमा छ । बार्सिलोना ७० अंकसहित दोस्रो स्थानमा छ नभे रियल म्याड्रिड ७२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।