तस्वीर- आईएएनएस

अन्तर्राष्ट्रिय

कश्मीरी पण्डित कश्मीर फर्किन थाले

By खबरहब

April 16, 2022

काठमाडौं– लडाकु समूहबाट हुने आतंककारी आक्रमणको जोखिम मोल्दै सन् २०१९ अगष्टमा धारा ३७० हटेयता ठूलो सङ्ख्यामा कश्मीरी पण्डितहरू कश्मीर फर्किन थालेका छन् ।

डेक्कन हेराल्डका अनुसार त्यसयता हालसम्म २ हजार १ सय भन्दा धेरै कश्मीरी पण्डितहरू कश्मीर फर्केका छन् । सन् १९९० मा द्वन्द्व चर्किएसँगै ५५ हजार जति कश्मीरी पण्डितहरू पलायन भएर जम्मु लगायत मुलुकका अन्य भूभाग पुगेका थिए ।

सरकारी तथ्यांकअनुसार सन् २०२०–२१ मा ८४१ जना र सन् २०२१–२२ मा १ हजार २ सय ६४ कश्मीरी पण्डितले कश्मीर फर्किन आवेदन दिएका थिए ।

प्रधानमन्त्रीको विकास प्याकेजअनुसार कश्मीरी पण्डितहरूलाई कश्मीर फर्किनका लागि प्रोत्साहन गर्नका निम्ति ३ हजार सरकारी कोटा पनि निर्धारण गरिएको छ । तीमध्ये २ हजार ८ सय २८ जनाको आवेदन प्रक्रिया पूरा भएको डेक्कन हेराल्डले जनाएको छ ।