प्रतिकात्मक तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

गत वर्ष बारुदी धरापमा परी अफगानिस्तानमा १ हजारभन्दा धेरै मारिएको खुलासा

By खबरहब

April 16, 2022

काठमाडौं- गत वर्ष अफगानिस्तानमा बारुदी धरापका कारण १ हजार १६ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । 

अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार हरेक महिना बारुदी धरापमा परी अफगानिस्तानमा औसतमा १२० जनाको मृत्यु हुने गरेको छ ।

गत सात महिनामा २० प्रान्तमा २० वर्गकिलोमिटर क्षेत्रफललाई बारुदी धरापमुक्त बनाइएको छ ।

त्यस्तै, पछिल्ला ३० वर्षमा १२ लाख ६० हजार ५ सय ५० बारुदी धराप तथा १ करोड ८३ लाख ५१ हजार ४ सय २२ विष्फोटक पदार्थ निष्कृय पारिएको पाकिस्तानबाट प्रकाशित हुने फ्रन्टियर पोष्टले जनाएको छ ।

पछिल्ला तीन दशकमा १ हजार भन्दा धेरै धराप निष्कृय गर्ने अभियानमा खटिएका कामदारको मृत्यु भएको जनाइएको छ ।