तस्वीर- लिभरपुलएफसी डट कम

खेलकुद

एफए कपको सेमिफाइनलमा सिटी र लिभरपुल भिड्दै

By खबरहब

April 16, 2022

काठमाडौं- एफए कपको सेमिफाइनल अन्तर्गत शनिबार राति म्यानचेष्टर सिटी र लिभरपुल भिड्दैछन् ।

लण्डनस्थित वेम्बली रंगशालामा सिटी र लिभरपुलबीचको खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ ।

क्वार्टरफाइनलमा लिभरपुलले नटिङ्घम फरेस्टलाई १–० ले पराजित गर्दै सेमिफाइनल पुगेको हो । सिटीले क्वार्टरफाइनलमा साउथह्याम्टनलाई ४–१ ले पराजित गरेको थियो ।

यसअघि दुई टोलीले आइतबार भएको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

सो खेल २–२ गोलको बराबरीमा सकिएको थियो । सेमिफाईनलको दोस्रो खेलमा चेल्सी र क्रिस्टल प्यालेस आईतबार राति सवा ९ बजे आमने सामने हुनेछन् । एफए कपको फाईनल भने मे १४ मा हुनेछ ।