ब्रेकिङ स्टोरी

काठमाडौँ महानगरमा बालेनको अग्रता कायमै

By खबरहब

May 16, 2022

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतसहित आफ्नो अग्रता कायम राखेका छन् ।

पछिल्लो मतगणना अनुसार साहले ४ हजार ६ सय ४६ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले २ हजार ४ सय ५ मत ल्याएर पछ्याइरहेका छन् ।

गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार २ सय २४ मत पाएकी छिन् ।