ब्रेकिङ स्टोरी

भरतपुरमा रेणु र सुवेदीको कडा प्रतिस्पर्धा, जगन्नाथ पछिपछि

By खबरहब

May 16, 2022

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी र संयुक्त गठबन्धनकी उम्मेदवार रेणु दाहालबीच प्रारम्भिक नतिजामा प्रतिस्पर्धा देखिएको छ ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले २९१८ मत ल्याउँदा सुवेदीले २९१५ मत ल्याएका हुन् । पछिल्लो विवरण अनुसार रेणु र सुवेदीमा जम्मा ३ मतमा अन्तर देखिएको छ ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत ल्याएका छन् ।