ब्रेकिङ स्टोरी

भरतपुरमा फेरि रेणु दाहाल अगाडि : तीन मतले पछि परे विजय

By खबरहब

May 16, 2022

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी पछाडि परेका छन्।

संयुक्त गठबन्धनकी उम्मेदवार रेणु दाहाल तीन मतले अगाडि बढेकी हुन्। भरतपुरमा एमाले र गठबन्धनको कडा प्रतिस्पर्धा छ। सोमबार बिहान ६ बजेसम्म विजय अगाडि थिए।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु तीन हजार ५७८ मत पाउँदा एमालेका सुवेदीले तीन हजार ५७५ मत ल्याएका छन्। पछिल्लो विवरण अनुसार रेणु र सुवेदीमा जम्मा ३ मतमा अन्तर देखिएको छ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ सय ६० मत ल्याएका छन्। सुरुमा धेरै मत अन्तरले अगाडिदेखिएकी रेणुलाई विजयले कडा टक्कर दिएका हुन्।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४ हजार ४३ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २८१६ मत पाएकी छन्।

भरतपुर महानगरपालिकामा अहिलेसम्म दुई वडाको परिणाम सार्वजनिक भएको छ। दुवैमा कांग्रेस उमेदवार विजयी भएका छन्। वडा नम्बर ३ मासमेत कांग्रेसकै अग्रता छ।