ब्रेकिङ स्टोरी

काठमाडौंमा अग्रता बढाउँदै बालेन

By खबरहब

May 16, 2022

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतसहित आफ्नो अग्रता कायम राखेका छन् ।

पछिल्लो मतगणना अनुसार पाँच हजार ६ सय ६५ मतसहित बालेन अग्र स्थानमा छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले तीन सय ४६ मतसहित पछ्याइरहेका छन् ।

गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २६ सय ४० मत पाएकी छिन् ।