ब्रेकिङ स्टोरी

काठमाडौंमा बालेनले ६ हजार मत कटाए

By खबरहब

May 16, 2022

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतसहित आफ्नो अग्रता कायम राखेका छन् ।

पछिल्लो मतगणना अनुसार ६ हजार २०७ मतसहित बालेन अग्र स्थानमा छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले तीन हजार २४३ मतसहित पछ्याइरहेका छन् ।

गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८ सय ८५ मत पाएकी छिन् ।