देश/प्रदेश

गीतकार महेन्द्र वडा अध्यक्षमा निर्वाचित

By खबरहब

May 16, 2022

काठमाडौँ – यस पटकको स्थानीय तहको निर्वाचनमा सेलिब्रेटीहरु पनि होमिएका छन् । कोहि समर्थनमा जुटेका छन् भने कोहि आफैँ प्रतिस्पर्धामा उत्रिएका छन् ।

यो चुनावमा गीतकार महेन्द्रदीप राई (महेन्द्र राज राई) सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं ६ को अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका उनले ५ सय ५१ प्राप्त गर्दै विजयी भए।

उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार मोहन राईलाई एक मतले पछि परेका हुन् । मोहनले ५ सय ५० मत प्राप्त गरे। विजयी राईका शब्दमा गायक राजेश पायलको स्वरमा ‘याद यति’, गायिका अन्जु पन्तको स्वरमा ‘सत्य सानु’का अलवा ‘पुर्वेली थिती’ लगायत दर्जन गीत छन्।