मनोरञ्जन

समिक्षा लेख्छिन् ‘हर कोहीको नजरमा राम्रो बन्न त सकिँदैन’

By खबरहब

May 16, 2022

काठमाडौँ– अहिले सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । सेलिब्रेटीहरु आफ्ना भावनालाई फ्यानसम्म प्रत्यक्ष रुपमा पुर्‍याउन सामाजिक सञ्जालको प्रयोग गर्ने गर्छन् । 

केही समय यता गायिका समिक्षा अधिकारीले सामाजिक सञ्जाल मार्फत आफ्ना भावनाहरु साट्ने गरेकी छिन् । उनले सामाजिक सञ्जालको विभिन्न माध्यममा व्यक्तिगत भावनासँग सम्बन्धित स्टाटस लेख्दै सबैको नजरमा राम्रो बन्न आफ्नो नजरमा आफू गिर्न नहुने बताएकी हुन्। 

‘हर कोहीको नजरमा राम्रो बन्न त सकिँदैन’, फेसबुकमा समीक्षाले लेखेकी छन्, ‘बस् आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस्।’ उनको यो स्टाटसमा विभिन्न प्रतिक्रिया प्राप्त छन् । केही समय यता सामाजिक सञ्जालमा केही आलोचना समेत खेपिरहेकी समिक्षाले त्यसैलाई लक्षित गर्दै यो स्टाटस लेखेकी हुन् सक्छिन् । 

उनले आफ्नो नजरमा गिरेर अरुको लागि राम्रो बन्न नसकिने भावना व्यक्त गरेकी हुन् ।