ब्रेकिङ स्टोरी

गुल्मीको मदानेमा मतगणना पुन: सुरु

By अर्घेलो थापा

May 16, 2022

काठमाडौँ – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृहपालिका गुल्मीको मदाने गाउँपालिकामा रोकिएको मतगणना पुन: सुरु भएको छ।

मतपत्र बदरको विषयमा विवाद हुँदा केहीबेर रोकिएको मतगणना पुन: सुरु भएको मतगणनामा संलग्न एक कर्मचारीले खबरहबलाई जानकारी दिएका छन् ।

सबै वडाको मतगणना सकिन लाग्दा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन झिनो मतान्तरले विजयी हुने भएपछि नेकपा एमालेले पुन: गणनाको माग गरेको थियो। गठबन्धनबाट उम्मेदवार कांग्रेसका महेन्द्र कुँवर र एमालेका प्रेम केसी अध्यक्षमा लडेका छन्। अब केही मत मात्र गन्न बाँकी छ।

नेकपा एमालेका नेता गोकर्ण बिस्टलेसमेत निर्वाचन आयोगलाई मतगणना रोक्न भनेका स्रोतले जनाएको छ। मन्त्री झाँक्री भने एकीकृत समाजवादी पार्टीमा छिन् ।