ब्रेकिङ स्टोरी

भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’

By खबरहब

May 16, 2022

भक्तपुर- भक्तपुर नगरपालिकाको मेयरमा करिब नौ गुना मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार प्रजापतिले २९ हजार दुई सय मत पाएका छन् ।

उनका निकतट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले तीन हजार तीन सय ५२ मतमा सीमित भए । त्यस्तै, उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९ हजार ६ सय ९५ मत ल्याएर विजयी भएकी छिन् ।

उनकी निकट प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७ सय ८४ मत पाएकी छिन् । यो नगरपालिकामा नेमकिपाले क्लिन स्विप (मेयर, उपमेयर, वडा अध्यक्षहरू, सदस्यहरू सबै ) भएको हो ।नगरपालिकामा विपक्षीहरूको भने जमानत जफत भएको छ ।