तस्वीर- अनादोलु एजेन्सी

अन्तर्राष्ट्रिय

तातो हावाका कारण भारतमा गर्मी कायमै, दिल्लीको तापक्रम ४९ डिग्री नाघ्यो

By खबरहब

May 16, 2022

काठमाडौं- तातो हावाको बहावका कारण भारतका उत्तरी भागमा अत्यधिक गर्मी बढेको छ ।

गर्मी बढेसँगै दिल्ली र उत्तर प्रदेशका स्थानहरूमा तापक्रम ४९ डिग्री सेल्सियस मापन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय मौसम कार्यालयले दक्षिणी राज्य केरलामा भारी वर्षाको चेतावनी दिएको छ भने पाँच जिल्लाहरूमा रेड अलर्ट जारी गरेको छ ।

दिल्लीको सफ्दरजंग अब्जरभेटरीले ४५ दशमलब ६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको छ भने उत्तरपश्चिम दिल्लीको मुंगेशपुर र दक्षिणपश्चिम दिल्लीको नजफगढमा दुई वटा मौसम स्टेसनहरूले क्रमशः ४९ दशमलब २ र ४९ दशमलब १ डिग्री सेल्सियस तापक्रम मापन गरेको भारतीय समाचार च्यानल एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ ।

सफ्दरजंगको तापक्रम यो सिजनको उच्च हो । अत्यधिक गर्मी बढेपछि भारतीय अधिकारीहरुले मानिसहरुलाई अत्यावश्यकबाहेक घरबाहिर ननिस्किन आह्वान गरेका छन् ।