राजनीति

गुल्मीको मदाने गाउँपालिकामा गठबन्धनका महेन्द्र कुँवर विजयी

By खबरहब

May 16, 2022

काठमाडौं- सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृहपालिका गुल्मीको मदाने गाउँपालिकामा गठबन्धका उम्मेदवार महेन्द्र कुँवर अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले नेकपा (एमाले) का प्रेम केसीलाई १० मतले पराजित गरेका हुन् । अन्तिम नतिजाअनुसार गठबन्धनका तर्फबाट गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएका कांग्रेसका कुँवरले ४७०७ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानका केसीले ४६९७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा भने एमालेकी सरिता खड्का विजयी भएकी छिन् । उनले ४५६५ मत प्राप्त गरिन् । गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार बेगम चन्दले ४२११ मत प्राप्त गरे ।

यसअघि सबै वडाको मतगणना सकिन लाग्दा अध्यक्षमा गठबन्धन झिनो मतान्तरले विजयी हुने भएपछि नेकपा एमालेले पुनः गणनाको माग गरेको थियो ।

गाउँपालिकाका ७ वटा वडामध्ये वडा नम्बर २ र वडा नम्बर ५ गरी दुई वडामा एमालेले जित हासिल गरेको छ भने अरु बाँकी वडामा कांग्रेसले जित निकालेको छ ।