राजनीति

मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा

By खबरहब

May 16, 2022

भैरहवा- प्रधानमन्त्री शेर बहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले भगवान गौतमबुद्धको जन्मस्थललाई विश्वभर थप परिचित तुल्याउन मद्दत पुगेको बताएका छन् ।

२५६६ औँ बुद्धजयन्तीको मूल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै  प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीको विगतको मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर लगायतका भ्रमणले दुवै देशका जनता बीचको सांस्कृतिक सम्बन्ध थप बलियो भएको बताए ।

मोदीको भ्रमणले दुई देशबीच ऐतिहासिक कालदेखिनै सामाजिक धार्मिक, सांस्कृतिक र परम्परागत सम्बन्धलाई थप प्रगाढ बनाएको बताए ।

गौतमबुद्धको दर्शनले दुवै देशका नागरिकलाई प्रभावित पारेको बताउँदै सांस्कृतिक सम्बन्ध पनि थप बलियो बनेको बताए ।