राजनीति

मुड्केचुला गाउँपालिकामा माओवादी विजयी

By खबरहब

May 16, 2022

जाजरकोट– जाजरकोटको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दत्तबहादुर शाही निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि माओवादीकै दुधा कुमारी रोकाया विजयी भएका छन् ।

यस गाउँपालिकामा अध्यक्षका उम्मेदवार शाहीले १ हजार ३०९ मत ल्याएर विजयी भए भने नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का संयुक्त उम्मेदवार लंकबहादुर रोकायले १ हजार २०७ मत प्राप्त गरेका छन्।

त्यस्तै माओवादी केन्द्रकी उपाध्यक्ष उम्मेदवार रोकायाले १ हजार ३३६ मत ल्याएर विजयी भए भने नेकपा एमालेकी उम्मेदवार सविता कुमारी रोकायले १ हजार १६५ मत प्राप्त गरेका थिए ।