राजनीति

महोत्तरीको बर्दिबासमा कांग्रेसका बागी उम्मेदवारको बर्चस्व

By खबरहब

May 16, 2022

महोत्तरी- बर्दिबास नगरपालिकाको वडा न.१३ मा कांग्रेसका बागी उम्मेदवार लक्ष्युमण सिंह वडा अध्यक्षमा विजयी भएका छन् ।

जेब्रा चिन्हबाट प्रल्हाद क्षेत्री प्यानलमा कांग्रेसबाट बागी उम्मेदवार दिएका सिंह निकटतम प्रतिद्वन्द्वीलाई ३६ मतले पछि पार्दै विजयी भएका हुन् । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार सिंहले ४४७ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ४११ मत प्राप्त गरेका छन् ।

बर्दिबास नगरपालिकाको वडा न.७,८,१ र १३ मा मतगणना गर्दा वडा न.८ मा माओवादी केन्द्रले जित हासिल गरेको छ भने बाँकी १,७,१३ मा बागी उम्मेदवारहरुले नै जित हासिल गरेका छन् । नगरमा पनि बागी उम्मेदवार प्रल्हाद क्षेत्री नै अगाडि छन् । उनी निकटतम प्रतिद्वन्दी भन्दा दोब्बर मतले अघि छन् ।