ब्रेकिङ स्टोरी

काठमाडौँमा बालेनले कटाए ८ हजार मत

By खबरहब

May 16, 2022

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारले दोब्बर मतान्तरको अग्रता कायमै राखेका छन्। 

केही समय अघि प्राप्त मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ८०३७ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन्। 

त्यसैगरी मेयर पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ४२५९ र नेपाली कांग्रेसका सिर्जना सिंहले ३७०३ मत प्राप्त गरेकी छन्।