ब्रेकिङ स्टोरी

भरतपुरमा रेनुलाई ३ मतको झिनो अग्रता

By खबरहब

May 16, 2022

काठमाडौँ : यसपटक पनि चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेद्वार रेनु दाहालले जम्मा ३ मतको अग्रता लिएकी छन् । पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रबाट उम्मेद्वार बनेकी रेनुले ५ हजार ३ सय १३ मत पाएकी छन् ।

यस्तै एमालेका विजय सुवेदीले ५ हजार ३१० मत पाएका छन् । कांग्रेसका बागी उम्मेद्वार २ हजार ५३६ मत ल्याएका छन् । चितवनमा एमाले र गठबन्धनबीच कडा प्रतिष्पर्धा हुँदा अग्रता पनि फरक फरक उम्मेद्वारको रहने गरेको छ ।

केही समय एमालेका सुवेदीले अग्रता लिँदा अहिले भने रेनुले फेरि अग्रता लिएकी हुन् ।