ब्रेकिङ स्टोरी

काठमाडौँ महानगरमा बालेनको अग्रता कायमै

By खबरहब

May 16, 2022

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारले झण्डै दोब्बर मतान्तरको अग्रता कायमै राखेका छन् ।

केही समय अघि प्राप्त मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ८४२० मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन् ।

त्यसैगरी मेयर पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ४४३६ र नेपाली कांग्रेसका सिर्जना सिंहले ३८८१ मत प्राप्त गरेकी छन् ।