ब्रेकिङ स्टोरी

भरतपुर महानगरमा रेनु दाहाल १५ मतले अगाडि

By खबरहब

May 16, 2022

काठमाडौं- यसपटक पनि चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेद्वार रेनु दाहालले जम्मा १५ मतको अग्रता लिएकी छिन् । पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रबाट उम्मेद्वार बनेकी रेनुले ५ हजार ३ सय ८२ मत पाएकी छन् ।

यस्तै एमालेका विजय सुवेदीले ५ हजार ३ सय ६७ मत पाएका छन् । कांग्रेसका बागी उम्मेद्वार २ हजार ५ सय ७७ मत ल्याएका छन् ।

चितवनमा एमाले र गठबन्धनबीच कडा प्रतिष्पर्धा हुँदा अग्रता पनि फरक फरक उम्मेद्वारको रहने गरेको छ ।

केही समय एमालेका सुवेदीले अग्रता लिँदा अहिले भने रेनुले फेरि अग्रता लिएकी हुन् ।