ब्रेकिङ स्टोरी

एमालेले धाँधलीको आरोप लगाएपछि रोकियो भरतपुरको मतगणना

By खबरहब

May 16, 2022

चितवन : मतपत्रका विषयमा विवाद बढेपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेका प्रतिनिधिले कर्मचारीको मतगणना प्रक्रियाप्रति असन्तुष्टि जनाएपछि मतगणना नै रोकिएको हो ।

एमालेका प्रतिनिधिले मतगणनामा धाँधली गर्न खोजेको आरोप लगाएका छन् । उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप एमालेको छ । तर कांग्रेसका प्रतिनिधिले पनि होहल्ला गर्न थालेपछि मतगणना नै रोकिएको हो ।

विवादपछि रोकिएको मतगणना फेरि निरन्तरता दिने विषयमा अहिले छलफल भइरहेको छ । पछिल्लो मतपरिणामअनुसार भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेद्वार रेनु दाहालले अग्रता लिएकी छिन् ।