फाइल फोटो

ब्रेकिङ स्टोरी

अस्तित्व मेटाउन खोजेपनि एमाले पहिलो पार्टी बन्यो : ओली

By खबरहब

June 16, 2022

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले राज्य शक्तिको दुरुपयोग गरी बुथ कब्जा गरेर पार्टीको अस्तित्व मेटाउन गरेको प्रयास असफल भएको बताएका छन्।

काठमाडौँको राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनको नतिजाले एमाले पहिलो पार्टी बनेको दाबी गरेको हुन्।

उनले भने, ‘पार्टी अध्यक्षलाई झूटा र निराधार आरोपको पाथा तयार गरेर बदनाम गर्न लागे। नेतृत्व नै विस्थापित गर्ने प्रयास भए। हामी जीवन मरणको लडाइँ लड्यौँ। हाम्रो लागि सामान्य लडाइँ थिएन। हाम्रो अस्तित्व मेटाउन खोजेका थिए। तर, आज पनि हामी प्रमुख राजनीतिक पार्टी हौँ।’

त्यस्तै उनले एमाले बाहेक अरू कसैसँग विकासको भिजन नभएको बताए। एमाले एक्लै र अरू सबै एकातिर हुँदासमेत एमाले पहिलो दल बनेको दाबी गरे।

पाँच दलीय गठबन्धन सत्ताको प्रयोग गरेर धाँधली गरेको उनको भनाइ छ।