फाइल फोटो

राजनीति

चुनाव नजिकिएसँगै वाह्य शक्तिको चलखेल बढ्यो : कमल थापा

By खबरहब

July 16, 2022

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संसदीय निर्वाचन नजिकिएसँगै वाह्य शक्तिको चलखेल बढेको बताएका छन् ।

शनिबार बिहानै सामाजिक सञ्जालमार्फत थापाले महाशक्ति राष्ट्रहरु नेपालमा आफू अनुकुल कठपुतली तयार गर्ने होडमा जुटेको आरोप लगाएका हुन् । ‘संसदीय ​ चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल बढेको छ। महा शक्तिहरु आफ्नो अनुकुल ‘कठपुतली’ तयार गर्ने होडमा छन्।’ उनले भनेका छन् ।

छिमेकी मुलुक भारतको दिल्ली, चीनको वेइजिङ र अमेरिकाको वाशिंगटनमा पानी पर्दा नेपालमा छाता ओड्ने जमात बढ्दै गएको उनले टिप्पणी गरेका छन् । साथै उनले देशमा राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा रहेको पनि औल्याएका छन् ।

‘दिल्ली, वेईजिङ र वाशिंगटनमा पानी पर्दा काठमाडौँमा छाता ओढ्ने जमात खोज्दै छन्। राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा छ। नेपाली जनता सचेत बनौँ,अझै केही राष्ट्रवादी जिउँदै छन् ।’ थापाले लेखेका छन् ।