काठमाडौँ– भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको विदेशमन्त्री जयशंकरले बताए । भारत भ्रमणमा रहेका प्रचण्डसँग शनिबार आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको डा जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’ प्रचण्ड भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा अहिले भारत भ्रमणमा छन् ।
त्यस्तै अध्यक्ष दाहालसँग भेटवार्ताका क्रममा भारतीय विदेशमन्त्री एसले भारतको प्राथमिकतामा नेपाल परेको पनि बताएका छन । छिमेक पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा परेको बताएका हुन ।
‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र सम्बृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ’, विदेशमन्त्री जयशंकरले भनेका छन्, ‘आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ ।’