खेलकुद

एसियाली खेलकुद स्थगित भएपनि नेपालको तयारी जारी

By खबरहब

July 16, 2022

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुद स्थगित भएपनि नेपालले आफ्नो तयारी जारी राखेको बताएका छन् ।

नेपाल स्टेन्थलिफ्टिङ्ग महासंघको आयोजनामा शनिबारबाट काठमाडौँमा सुरु प्रथम राष्ट्रिय खुल्ला टेन्थलिफ्टिङ्ग तथा इन्क्लाइन बेन्चप्रेस प्रतियोगिता उद्घाटन गर्दै घिसिङले जुनसुकै मितिमा एसियाली खेलकुद भएपनि नेपाली खेलाडीहरू तयारी अवस्थामा रहेको बताए ।

उनले अहिले पनि एसियाली खेलकुदका लागि २३ वटा खेलका विशेष बन्द प्रशिक्षणहरू भइरहेको जानकारी दिए । उनले यसपटक खेलाडीहरूको शारीरिक परीक्षण पनि गरिएको जानकारी दिए । नेपालमा टेन्थलिफ्टिङ्ग तथा इन्क्लाइन बेन्चप्रेसलाई अघि बढाउनका लागि राखेपले आवश्यक सहयोग गर्ने उनको भनाई छ ।

प्रतियोगितामा देशभरका खेलाडीहरू सहभागिता रहेको महासंघले जनाएको छ । प्रतियोगिता आइतबार सम्म राखेप कवर्ड हलमा सञ्चालन हुनेछन् ।