सांकेतिक तस्बिर

देश/प्रदेश

स्कुलको बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

By खबरहब

July 16, 2022

दमौली– तनहुँको व्यास नगरपालिका–११ शेरामा स्कुल बस र मोटरसाइकल ठक्कर खाँदा आज एक जनाको मृत्यु भएको छ । सोही वडामा रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो । 

  मृत्यु हुनेमा सोही वडाको बेल्टारी बस्ने २३ वर्षीय विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय सुजन सुनार घाइते भएको प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको छ । 

    घाँसीकुवाबाट फराकचौरतर्फ जाँदै गरेको ग१क २६८३ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको ग१५ प ६५०४ नं को मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।