तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

मालीमा भएको आक्रमणमा छ जनाको मृत्यु

By खबरहब

July 16, 2022

काठमाडौँ- मालीको राजधानी बामाको नजिकै सडक चेकपोस्टमा भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ ।

मालीको सुरक्षा मन्त्रालयले जनाएअनुसार सो घटनामा दुई जना घाइते भएका छन् । राजधानी बामाकोबाट करिब ७० किलोमिटर पूर्वमा रहेको जान्तिगुइलाको सडक चेकपोस्टमा हमला भएको मन्त्रालयले जनाएको छ ।

आक्रमणमा घाइते हुनेहरूमा दुई महिला, एक प्रहरी र तीन सर्वसाधारण रहेका छन् । तर आक्रमण कसले गरेको हो भन्ने हालसम्म खुलाइएको छैन ।

जुनको शुरुमा, दक्षिणी मालीको कौटियाला सडक चेकपोस्टमा यस्तै आक्रमण हुँदा आठ जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।

मालीले सन् २०१२ देखि सुरक्षा, राजनीतिक र आर्थिक सङ्कटको सामना गरिरहेको छ । विद्रोह, जिहादी आक्रमण र अन्तर-सामुदायिक हिंसाले हजारौंको ज्यान गएको छ भने हजारौं विस्थापित भएका छन् ।