अन्तर्वार्ता

सिजनल फ्लु फैलिएको छ, कोरोना पनि परीक्षण गरौँ

By विना न्यौपाने

August 16, 2022

काठमाडौँ – नेपालमा अहिले वर्षायामको समय चलिरहेको छ । यो समयमा अधिकांशमा साझा रुपमा देखिने विभिन्न समस्यामध्ये ‘फ्लु’ को समस्या पनि प्रमुख रहेको छ । इन्फ्लुएन्जा भाइरसको कारण व्यक्तिमा देखिने श्वासप्रश्वास सम्बन्धीको रोग धेरै छ । अर्को शब्दमा ‘एन्फ्लुएन्जा’ पनि भनेर चिनिने यसलाई श्वासप्रश्वास सम्बन्धी देखापर्ने रोगको प्रमुख कारक तत्वको रुपमा लिइन्छ । जसले गर्दा धेरैलाई सताएको छ । देशैभरका अस्पतालमा मौसमी फ्लुका बिरामी बढ्न थालेका छन् । बढ्दो मौसमी फुलुका बारेमा जनरल फिजिसियन डा. युएन पाठकसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

सिजनल फ्लु कस्तो समस्या भनेर बुझ्ने हामीले ? यो अहिले भाइरल इन्फेक्सनबाट सरिरहेको छ । यसमा ज्वरो आउने नाकबाट पानी आउने, हाच्छ्युँ आउने हुन्छ । अहिले कोरोना महामारीको चौथो लहर पनि यसै साग मिल्दो जुल्दो भइरहेको छ । यो दुवै एकै पटक आउँदा बिरामी र डाक्टरमा पनि कन्फ्युजन भएको छ । यदि नाकबाट पानी आएको छ। हाच्छ्युँ लागेको छ जीउ दुखेको थकाइ लाग्ने छ भने त्यो सिजनल फ्लु हो किन भन्ने कोरोनामा यो लक्षण प्राय देखिँदैन त्यसैले यसलाई छुटाउन यो नै तरीका मान्छौँ ।

घरमा नै बसेर मलाई कोरोना भयो या सिजनल फ्लु भयो भनेर कसरी छुटाउन सकिन्छ ? नाकबाट पानी बग्ने, हाच्छ्युँ आउने कोरोनामा प्राय: हुँदैन । कोरोनामा ज्वरो धेरै हुन्छ । कोरोनामा झाडापखाला पनि हुन सक्छ । त्यसैले हामी चिकित्सकहरूले जसलाई ज्वरो धेरै आएको, जसलाई जिउ धेरै दुखेको छ । त्यस्तो बिरामी आउँदा कोरोनाको परीक्षण गर्छौँ । यति कोहीलाई तीन दिन लगातार १०३ डिग्री भन्दा बढी ज्वरो आएको छ । थकान भएको छ स्वा स्वा भएको छ भने चिकित्सकसँग परामर्श लिएर करोनाको पनि परीक्षण गर्नुहोस् भन्न चाहन्छु । ३ दिन भित्र कमन कोल्डमा आराम गर्नुहुन्छ भने यो ठिक हुन्छ ।

सिजनल फ्लु कस्तो कस्तो र कस्ता कस्ता व्यक्तिमा धेरै देखिने गरेको छ ? अहिले यो गर्मीको समयमा प्रदूषण धेरै फैलिरहेको छ । त्यसकारण बाहिर सकभर नजाने यदि जानै परे मास्क लगाएर जाने र घरमा फर्कीसके पछि सामान्य तातो पानीमा नुन राखेर कुल्ला गर्दा राम्रो हुन्छ ।

अहिलेको अवस्थामा यो समस्या भए पछि घरमा नै उपचार गर्दा के के गर्ने ? सिजनल फ्लुको बिरामीलाई पहिला देखि नै डाइबेटिज, मुटुको रोग दमको रोग र इम्युनिटी कम भएको छ भने विशेष ख्याल राख्नुपर्दछ । अस्पतालमा आएर चिकित्सकसँग परामर्श लिनुपर्छ । यदि यी अन्य रोगहरू छैनन् भने यस्तो बिरामीलाई २४ देखि ७२ घण्टा घरमा आराम दिएर नै राख्नु राम्रो हुन्छ ।

कस्तो अवस्था भयो भने हामी अस्पताल जानै पर्दछ ? यदि कसैलाई पहिला देखि नै डाइबेटिज, मुटुको रोग दमको रोग र इम्युनिटी कम भएको छ भने त्यो बिरामीले र गर्भवती महिलाहरू अस्पतालमा गएर चिकित्सक सँग परामर्श लिनु पर्दछ । तर यी रोगहरू नभएको मानिसहरूले ७२ घण्टा घरमा नै आराम गर्नु पर्दछ ।यो सिजनल फ्लुको उपचार नै छैन भनिन्छ । यसको वास्तविकता के हो ? यो सिजनल फ्लुको ब्याक्टेरिया को इन ह्याुमिनिटज एन्टी भ्याक्सिन हुन्छ त्यसको एन्टी भाइरल ट्याब्लेट छ तर महँगो छ त्यसैले हाम्रो जस्तो देशमा त्यति उपलब्ध छैन । जसलाई यो सिजनल फ्लु भएको छ त्यसलाई यो भ्याक्सिन या ट्याब्लेट दिनै पर्दछ भन्ने छैन । किन भने यो ८० देखि ९० प्रतिशत मानिसमा इम्युनिटीमा नै निको हुन्छ । ३ दिन १०३ भन्दा बढी ज्वरो आएको छैन थकान भएको छैन स्वा स्वा भएको छैन भने आतिनु पर्दैन यो केही समयमा त्यत्तिकै निको हुन्छ । दमको बिरामीलाई हामीले इन्फ्रेन्जा भ्याक्सिन दिन्छौँ । यसले धेरै मान्छेलाई फाइदा पुगेको छ । त्यसैले दमको बढी उमेरको, डाईबेटिज भएको मुटु रोग भएको बिरामीलाई बर्सेनि इन्फ्रेन्जा भ्याक्सिन लिँदा राम्रो हुन्छ । धेरै ठाउँमा ५ वर्षमा ४ वर्षमा निमोकोकोल भ्याक्सिन पनि लगाउने गर्दछन् यसले निमोनियाबाट बचाउँछ ।

यो इन्फ्रुन्जा विरुद्धको भ्याक्सिन जो कोहीले लिन मिल्ने हो की के छ ? अरू खोप जस्तै हो तर । यो महँगो छ । कतै १८०० छ कतै २००० सम्मको छ । सबैले लगाउने भन्दा पनि जसलाई दम छ, डाईबेटिज, मुटु रोग छ भने त्यस्तो व्यक्तिले लगाउँदा हुन्छ । इन्फ्रेन्जा भ्याक्सिन प्रत्येक वर्ष लगाउनु पर्दछ र निमोकोकोल भ्याक्सिन ४ देखि ५ वर्षको बिचमा लगाउँदा राम्रो हुन्छ ।

समयमा नै अस्पताल गइएन भने पछाडि कस्तो जोखिम हुन्छ ? फ्लु भ्याक्सिनमा जसको इम्युनिटी कम छ । त्यसलाई चाँडो निको हुँदैन । यसलाई अङ्ग्रेजीमा सन् भ्यालिसेन्ट पिरियड लामो हुन्छ ।कसैलाई सुपराइिडेड इन्फेक्सन भयो भने पहेँलो खकार आउनु खोकी बढी लाग्नु कसैलाई निमोनिया भएर सकस हुनु,त्यो नै धेरै भयो भने ए एल डी एस अथवा कडा किसिमको इन्फेक्सन रगतमा गएर सेप्टी सिनिया र सेप्टी सफट तिर पनि जान्छ । त्यो थोरै मान्छेमा पाइन्छ । तर हेल्चेक्राई गरेर उमेर ८० वर्ष भन्दा बढी छ र विभिन्न रोगहरू छ भने कहिलेकाहीँ मृत्यु पनि हुन सक्छ ।

यसमा कस्तो कस्तो खाना खानै पर्ने हुन्छ ? सादा खाना गरम खाना खाने,लामो समय फ्रिजमा राखेका खाना नखाने जस्तो कोक फेन्टा आइसक्रिमहरू नखाने । परिवारमा कसैलाई भयो भने त्यो मान्छेलाई २४ देखि ७२ घण्टा छुट्टै राख्नु पर्दछ । र बाहिर कसैलाई यो भयो भने उ बाट टाढा बस्ने । फ्रिजमा राखेको खाना बाहिर राखेर तताएर खादा पनि केही न केही भाइरल को चान्स हुन्छ । यस्तो समस्या भएका बिरामीलाई यस्तो खाना नखुवाउने ।

यो सिजनल फ्लु लागेका बिरामीहरूमा छिटो निको होस् भनेर के कुरमा ध्यान दिनु पर्दछ ? यदि अरू समस्या छैन भने नआत्ती पर्याप्त मात्रमा आराम गर्ने गर्दा यो चाँडो निको हुन्छ ।

यो लाग्नै नदिन के के कुराम ध्यान दिने त ? यो समस्या भएको मान्छेको संसर्गमा नै नजाने । बाहिर नजाने । गए पनि बिहान बेलुका मनतातो पानीमा नुन राखेर कुल्ला भने ताजा र तातो खाना खाने । जुन पनि औषधिहरू नखाने ।

अन्त्यमा, थप के सुझाव दिनुहुन्छ ? फ्लुबाट डराउनु हुँदैन यदि भइहाल्यो भने रुघाखोकी पछि स्वा स्वा भइरहेका छ जिउ दुखेको छ धेरै थकित भयो भने आराम गर्ने । औषधि खाने । कोरोनाको भ्याक्सिन दिएको भए पनि कोरोनाको परीक्षण गराउनु पर्दछ । (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)