फाइल तस्वीर

ब्रेकिङ स्टोरी

नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गरेकोबारे संसदमा जानकारी गराइने 

By खबरहब

August 16, 2022

काठमाडौँ – नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिको पत्रबारे आज प्रतिनिधिसभामा जानकारी गराइने भएको छ ।

संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएकोसम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउनु हुने’ भन्ने उल्लेख छ ।

आइतबार राष्ट्रपति भण्डारीले आफूसमक्ष प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक पुनर्विचारका लागि भन्दै प्रतिनिधिसभामै फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको थियो ।

राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक प्रतिनिधिसभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ । पत्रमा १५ वटा सन्देश पठाइएको छ ।