समाचार

प्रेस सेनानी पत्रकार पोखरेलको निधन

By खबरहब

August 16, 2022

बुटवल – वरिष्ठ पत्रकार वसन्त पोखरेलको निधन भएको छ।

बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान ६ बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो।

प्रेस स्वतन्त्रता सेनानीको सम्मानसमेत पाएका पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्षसमेत थिए।

बुटवलबाट प्रकाशित हुँदै आएको टवल टुडे दैनिकको सल्लाहकार सम्पादक रहेका पोखरेल लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए।

प्युठानमा जन्मेका पोखरेलका दुई छोरा र एक छोरी छन्।