फाइल फोटो

समाचार

राष्ट्रपति भण्डारी पोखरामा, सुरक्षा व्यवस्था कडा

By खबरहब

August 16, 2022

पोखरा- राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

विन्ध्यावासिनी माविको हिरक जयन्ती समारोह तथा नवनिर्मित भवनको उद्घाटन तथा  गुरुङ समुदायको पर्व ट्होटेको सहभागी हुन राष्ट्रपति भण्डारी पोखरा आएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

मंगलबारको कार्यक्रममा सहभागी हुन लागि राष्ट्रपति भण्डारी सोमबार नै पोखरा पुगेकी थिइन । सोमवार दिनभर भेटघाटमा व्यस्त राष्ट्रपतिले अन्नपूर्ण केबलकारको निरीक्षणसमेत गरेकी थिइन ।

नागरिकता विधेयक संघीय संसदमा फिर्ता गरे पछि उत्पन्न सुरक्षा अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपति भण्डारीको सुरक्षा थप कडा गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीले हालै संघीय संसद्ले पारित गरेको नागरिकता विधेयक सदनमा नै फिर्ता गरिदिए पछि विभाजित प्रतिक्रिया आइरहेका छन् भने फिर्ता पठाएको सो पत्रको सन्देश पढेर प्रतिनिधिसभा बैठकमा सुनाउने सम्भावित कार्यसूची छ।