फाइल तस्वीर

राजनीति

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक पारित 

By खबरहब

August 16, 2022

काठमाडौँ- प्रतिनिधिसभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ लाई पारित गरियोस् भनेर राखेको प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो ।

यसअघि उक्त विधेयकमाथि दफावार छलफल भएको थियो । छलफलमा उठेका प्रश्न र जिज्ञासाबारे मन्त्री यादवले जवाफ दिएका थिए ।