फाइल फोटो

राजनीति

‘जनतामा एमालेको ठूलो प्रभाव छ’

By खबरहब

August 16, 2022

राँझा– नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताएका छन् । नेकपा एमाले बाँकेले आज कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा रहेको उनले बताए । 

स्थानीय तहको निर्वाचनमा हासिल गरेको मतले एमाले अहिले पनि ठूलो दल भएको दाबी गर्दै उनले भने, ‘नीति, सिद्धान्त, विचार र पार्टीको सरकारले गरेका कामहरूले एमाले विजयी हुने बलियो आधार छ ।’ एमालेलाई सबै दल मिलेर घेराबन्दी गरे पनि उनीहरूको लक्ष्य प्राप्त हुन नसक्ने नेता ज्ञवालीले बताए ।