राजनीति

निर्वाचन कार्यालय पुगे नेता वामदेव

By खबरहब

August 16, 2022

काठमाडौँ- माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेता वामदेव गौतम निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

 मंगलबार दिउँसो आयोगको कार्यालय पुगेका उनले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेको र यसैको प्रक्रिया बारे विषय बुझ्न आएको प्रतिक्रिया दिएका छन् ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र वामदेव गौतमले आगामी  निर्वाचनमा माओवादी केन्द्रको चुनाव  चिन्ह हसिया हताैडा  लिएर उठ्ने भएका छन् ।