राजनीति

माओवादी केन्द्रमा आबद्ध युवाहरू नेकपा एमाले प्रवेश

By खबरहब

August 16, 2022

महोत्तरी- माओवादी केन्द्रमा  आबद्ध  महोत्तरीका युवाहरूको ठुलो समूह नेकपा एमालेमा प्रवेश गरेको छ ।

युवा नेता तथा मधेस प्रदेश वाइसीएलका इन्चार्ज शङ्कर महतो, जिल्ला इन्चार्ज मनोज थापासहित युवाहरूको ठुलो समूह आज नेकपा एमालेमा प्रवेश गरेको हो ।

एमाले अध्यक्ष केपी सर्मा ओलीले आज एक कार्यक्रमकाबीच जिल्लाबाट काठमाडौं बोलाएर उनीहरूलाई प्रवेश गराएका हुन ।

प्रवेश गर्नेहरूमा बर्दिबासका स्थानीय नेता नीरज अधिकारी, रामगोपालपुर र गौशालाबाट  समेत झन्डै १ दर्जन युवाहरूलाई अध्यक्ष ओलीले खादा र सिन्दूर लगाएर प्रवेश गराएका थिए ।

निर्वाचन नजिकिँदै गर्दा युवाहरूको ठुलो समूह प्रवेश गर्नुलाई महत्त्वपूर्ण ढङ्गले हेरिएको छ । पाटीले क्षमता भएका युवाहरूलाई निषेध गरेको हुनाले नेकपा एमाले रोजेको उनीहरूको भनाइ छ ।