सांकेतिक तस्बिर

अपराध

बाँकेबाट लागुऔषधसहित दुईजना पक्राउ

By खबरहब

August 16, 2022

बाँके– नेपालगन्जको जमुनाह नाकाबाट प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१३ का प्रमोद सिंह ठाकुर र विकास सिंह ठाकुरलाई ५ ग्राम ,५ मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

रुपैडियाबाट नेपालगन्जतर्फ आउँदै गरेको भे ८ प १७५३ नम्बरको मोटरसाइकल चेकजाँच गर्नेक्रममा प्रमोदको साथबाट ब्राउनसुगर बरामद भएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको छ ।