सांकेतिक तस्बिर

अपराध

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

By खबरहब

September 16, 2022

मोरङ– जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा केराबारी गाउँपालिका-५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेत छन् । जिल्ला अदालत मोरङले २०७२ चैत ३ गते जबरजस्ती करणी मुद्दामा उनलाई १३ वर्ष कैद सजाय ठहर गरेको थियो । त्यसपछि फरार भएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई जिल्ला अदालत मोरङको आदेशले फैसला कार्यान्वयनका लागि मोरङ कारागार कार्यालय चलान गरिएको छ ।