ब्रेकिङ स्टोरी

नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाइयो 

By खबरहब

September 16, 2022

काठमाडौँ– काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ ।

यसअघि सूचना दिँदा पनि अनधिकृत संरचना नहटाएपछि शुक्रबार डोजर लगाएर नै हटाइएको महानगरले जनाएको छ । सो क्रममा नक्सा पास नभएका संरचना पनि महानगरले भत्काएको छ भने पार्किङ उल्लेख गरेर नक्सापास गरेपनि अन्य प्रयोजन भएका स्थानमा पनि डोजर लगाएको छ । डोजर लगाउने क्रममा केही घरधनीहरूले विरोध गरेका थिए । 

महानगरपालिकाले काठमाडौंका बिभिन्न स्थानमा निरन्तर रुपमा अनधिकृत संरचना हटाउँदै आएको छ ।