तस्वीर- न्यूयोर्क टाइम्स/सटरस्टक/ईपीए

अन्तर्राष्ट्रिय

इटालीमा आँधी : ११ जनाको मृत्यु

By खबरहब

September 16, 2022

काठमाडौँ- मध्य इटालीमा आएको भीषण आँधीको कारण सडक र घरहरुमा पसेको बाढीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

आँधीबाट मध्य इटालीको तटीय क्षेत्रमा ११ जनाको मृत्यु भएको अमेरिकी अखबार न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार हालसम्म मृतकको सङ्ख्या ११ छ । आँधीबाट अन्य चार जना अझै बेपत्ता छन् । मध्य इटालीमा आँधीका कारण एकैरातमा एक फुटभन्दा धेरै पानी परेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

केही घण्टाको अन्तरालमा सो क्षेत्रमा १६ इन्चसम्म पानी परेको नागरिक सुरक्षा अधिकारी लुइजी डिएन्जेलोले जानकारी दिएका छन् ।

आँधीले मध्य इटालीको एङ्कोना र सेनिगालिया सहर सबैभन्दा प्रभावित भएको जनाइएको छ ।