फाइल फोटो

राजनीति

सिट बाँडफाँडमा दलहरूबीच ८० प्रतिशत सहमति

By खबरहब

September 16, 2022

काठमाडौँ– सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सिट बाँडफाँडको विषयमा दलहरूबीच करिब ८० प्रतिशत सहमति भइसकेको बताएका छन् । 

शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले गठबन्धन देशको आवश्यकता भएकाले अन्य विषयमा पनि सहमति भइ निर्वाचनमा जाने दाबी गरे । राजनीतिक स्थिरता नदिई, देशको विकास हुन नसक्ने भएकाले पनि गठबन्धनले मुलुकलाई अघि बढाउने उनले बताए । सिट बाँडफाँड न्यायोचित र सम्मानजनक ढंगले गर्नुपर्ने भएकाले समय लाग्नु स्वभाविक भएको उनको भनाइ छ ।

त्यस्तै कार्कीले मुलुकको समृद्धिका लागि सबै गम्भीर भएर अघि बढ्नुपर्ने पनि बताए ।