राजनीति

‘पाँच वर्षे कार्यकालमा प्रतिनिधिहरूको भूमिका प्रभावकारी भएन’

By खबरहब

September 16, 2022

काठमाडौँ– नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संसद्को पाँच वर्षे कार्यकालमा जननिर्वाचित प्रतिनिधिहरूको प्रभावकारी भूमिका हुन नसकेको बताएका छन् ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले संसद्को नेतृत्व गर्ने पात्रहरूको भूमिका महत्वपूर्ण हुने भएपनि त्यस्तो हुन नसकेको बताएका हुन् ।

पोखरेलले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको नेतृत्व भन्दा पनि गठबन्धनको बफादार कार्यकर्ताको रुपमा भूमिका खेलेको आरोप लगाए । आफूहरू सत्तापक्षमा हुँदा सौहार्द्रपूर्ण भूमिका खेलेको र प्रतिपक्षीमा रहँदा पनि प्रभावकारी भूमिका खेलेको उनको भनाई छ । उनले सदनले नै बिभिन्न विषयमा प्रतिपक्षीसँग छलफल गर्न नचाहनु विडम्बना रहेको बताए ।

उनले केही पात्रहरूका कारण नै संसद् अनाकर्षण थलोको रुपमा देखापरेको टिप्पणी गरे ।