खेलकुद

महिला साफ च्याम्पियनसिप : नेपाल फाइनलमा प्रवेश

By खबरहब

September 16, 2022

काठमाडौँ– नेपाल छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रङ्गशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो ।

यस अघि नेपालले महिला साफमा भारतलाई हराउन सकेको थिएन । साविक उपविजेता समेत रहेको नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन् । प्रीति राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गरिन् । अब नेपालले फाइनलमा बङ्गलादेशको सामना गर्नेछ । 

फाइनल खेल सोमबार हुनेछ । पहिलो सेमिफाइनलमा भुटानलाई ८-० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ ।