तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

चिनियाँ बन्दीगृहमा भोगेका अनुभवसहित उइगुर महिलाको संस्मरण प्रकाशित

By खबरहब

September 16, 2022

काठमाडौँ- चिनियाँ बन्दीगृहमा भोगेका अनुभव समेट्दै एकजना उइगुर महिलाले संस्मरण प्रशाशित गरेकी छिन् । चिनियाँ बन्दी गृहमा भोगेका कठोर अनुभव समेट्दै उइगुर महिला गुलबहार हैतीवाजीले संस्मरण प्रकाशित गरेकी हुन् ।

अमेरिकी सञ्चारमाध्यम भ्वाइस अफ अमेरिकासँग कुरा गर्दै उनले आफूले बन्दीगृहमा निकै नराम्रो अनुभव भोगेको समेत बताइन् ।

‘उनीहरुले हामीलाई त्यहाँ बन्दी बनाए, पूरै विश्वसँग सम्पर्कविहीन ।’ भ्वाइस अफ अमेरिकासँगको कुराकानीका क्रममा उनले भनिन् ।

हाल ५५ वर्षीया हैतीवाजी फ्रान्सको राजधानी पेरिसमा बसोबास गर्दै आएकी छिन् । उनको संस्मरण ११ भाषामा प्रकाशित हुने जनाइएको छ । अङ्ग्रेजी भाषामा उनको संस्मरणको शीर्षक ‘‘हाउ आई सर्भाइभ्ड अ चाइनिज ‘रिएजुकेशन’ क्याम्प’’ रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सन् २०१६ मा उनी चिनियाँ बन्दीगृहमा २० दिनसम्म बन्धक बनेको बताइएको छ ।