सांकेतिक तस्वीर

अन्य

नवौं राष्ट्रिय खेलकुद : हक्की खेलाडीलाई डेंगु संक्रमण  

By खबरहब

October 16, 2022

पोखरा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक खेलाडीलाई डेंगु संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशबाट महिलातर्फको हक्की प्रतियोगितामा सहभागी साहारा खतिवडालााई डेंगु संक्रमण देखिएको हो।

शुक्रबार बेलुकीबाट अत्यधिक ज्वरो आएपछि उनलाई गण्डकी मेडिकल कलेज लगिएको थियो। चेकजाँचका क्रममा उनलाई डेंगु पुष्टि भएको टिम कोच राजन नेपालीले जानकारी दिए। उनका अनुसार डेंगु पोजेटिभ देखिएपछि अरु खेलाडीमा सर्न सक्ने भन्दै खेल छोडेर घरमै आराम गरिरहेकी छन्।

यस अगाडीको खेलमा उनी सम्मिलित टिम गण्डकी प्रदेशले झापा र लुम्बिनीलाई हराउँदै दुई खेल जितेको छ। संक्रमित खतिवडाले भने स्वास्थ्यमा सुधार आएकोले छिटै निको भएर खेलमा फर्किने बताएकी छन्।