फाइल फोटो

ब्रेकिङ स्टोरी

नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङ खेलाडीको मृत्यु

By खबरहब

October 16, 2022

पोखरा– नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक प्याराग्लाइडिङ खेलाडीको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेका छन् । उनको खेलकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको बेलामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको बताइएको छ ।

१०० मिटरमाथिबाट खसेर घाइते भएका उनलाई उपचारको लागि मेट्रो सिटी अस्पताल लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।