सांकेतिक तस्बिर

ब्रेकिङ स्टोरी

डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो, ४८ को मृत्यु 

By खबरहब

October 16, 2022

काठमाडौं– नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त सङ्ख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 

पछिल्लो चौबीस घण्टामा १ हजार १११ जना डेँगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो । योसँगै नेपालमा कुल डेंगु बिरामीको संख्या ४० हजार २९ पुगेको छ । बितेको चौबीस घण्टामा डेँगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेँगुका कारण ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार देशका ७७ जिल्लामा डेँगुका बिरामी भेटिएका छन् ।