समाचार

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

By खबरहब

October 16, 2022

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ६ सय ३४ पिसिआर परीक्षणका क्रममा २८ जना र ५ सय २८ एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु भएको छैन भने थप ७ संक्रमित कोरोनामुक्त भएका छन् । 

हाल नेपालमा ६ सय ८८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।